प्रभुराम शर्माले लगाए प्रधानसेनापतिको फुलि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महारथी तथा प्रधानसेनापति प्रभुराम शर्मालाई फुली लगाइ दिएकी छिन् ।
बिहान ११ बजेको साइतमा दर्ज्यानी चिन्ह लगाइएको छ । समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थित रहेको थियो ।