विश्वप्रकाशबाट महामन्त्रीकाे उम्मेदवारी घाेषणा
काठमाडौं । गाेकर्णेश्वर नगरपालिका -१ सुन्दरीजलकाे विपि संग्रहालयबाट नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले १४ ओैं महाधिवेशनका लागि महामन्त्रीकाे उम्मेदवारी घाेषणा गरेका छन्।
भदाैं २६ गते पत्रकार सम्मेलन गरेर महामन्त्रीमा आफ्नाे उम्मेदवारी किन ?, एजेन्डा के हुन ? प्रष्ट पार्ने बताएका छन्।
प्रवक्ता शर्माले विपि काेइराला,गणेशमान सिंह,कृण्ण प्रसाद भट्टराई लगायतकाे शालिकमा माल्यार्णपण पनि गरेका थिए, कपुरकाे वाेटमा पानी हालेकाे र रूद्वाक्षकाे बिरुवा पनि राेपेका छन।
प्रवक्ता शर्माले ज्याेतिष डा. बासुदेश शास्त्रीले जुराएकाे शुभसाइज आज भदाैं २४ गते १३:०७ बजेपछि महामन्त्रीकाे उम्मेदवारी घाेषणा गरेका हुन्।
यसै कार्यक्रममा काठमाडौ निर्वाचन क्षेत्र नं- ४ का क्षेत्रीय सभापति राजु श्रेष्ठले कांग्रेसको काठमाडौं जिल्ला सभापति उम्मेदवार बन्ने घोषणा गरेका छन् । कार्यक्रममा विमल ठकुरी, पर्शुराम पाेखरेल लगायतकाे उपस्थिति थियाे।























