stcnepal long ad
global ime bank long

सादा पोशाकमा कार्यरत ७४ प्रहरी एकैसाथ सशस्त्र प्रहरी गण महाराजगंजमा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शनिबार, १ चैत्र २०७६

काठमाडौँ ।महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेका तथा उल्लेखनिय कार्य गर्न नसकेका १७ अधिकृत ५७ जवान समेत ७४ अधिकृत तथा जवानहरूलाई तोकिएको सादा पोशाकको जिम्मेवारीबाट हटाई  महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाईएको छ ।

प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृदी गर्ने उद्देश्यले उक्त कार्य गरिएको हो ।

आचरण व्यवहार सुधारको हिसावले पठाइएका उल्लेखित अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारत्मक तालिम समेत संचालन गरिने छ ।

यसपछि अब इन्टेलिजेन्ट ग्रुपमा कार्यरत हुने कर्मचारीहरूमा सकारात्मक आचरण व्यवहारमात्र नभएर तोकिएको जिम्मेवारी भित्र रहेर परिणाममूखी कार्यको हरेक महिना मूल्याकङ्न हुने परिपाटीको थालनी गरिने कुरा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताउनु भयो ।

साथै अव सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलत:प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने समेत उहाँले बताउनुभयो ।

IME Lifesidebar
kumari