लागूऔषधसहित पक्राउ

आर्थिक सञ्जाल शनिबार, १ चैत्र २०७६
काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ६ कनहस्थित सीमा ईलाकाबाट फागुन ३० गते एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स र नाईट्रोभेट नामक लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिबास नगरपालिका २ बस्ने बिरेन्द्र मण्डल छन् ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले कोरेक्स १७ बोतल र नाईट्रोभेट ट्याब्लेट १३ वटा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका निज मण्डललाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलगाभाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले धनुषा जिल्लाको मुखियापट्टी गाँउपालिका ५ जमुनीघाट स्थित सीमा ईलाकाबाट एक्सीप्लोन नामक लागूऔषध १० बोतलसहित फागुन ३० गते एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ७ बस्ने रमेशकान्त चौधरी छन् ।
ज ८ प ७७८७ नम्बरको मोटरसाइकलमा सवार निज चौधरीलाई जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।