stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २२ जना पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शनिबार, १ चैत्र २०७६ काठमाडौँ ।

काठमाडौं । देशका विभिन्न स्थानमा जुवा तास खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ परेका छन । दाङ, घोराही उपमहानगरपालिका-१४ लखन पार्क नजिक रोल्पाली सृष्टी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा रोल्पा रुन्टिगढी गाउँपालिका-६ निगलपानी बस्ने ५३ वर्षीय दुर्गा पुन सहित ९ जनालाई नगद १ लाख ७१ हजार ५ सय ८० रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

स्याङजा, पुतलीबजार नगरपालिका-१० राङखोला बस्ने रन बहादुर गुरुङको आँधीखोला रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई नगद ४८ हजार ६ सय रुपैयाँ सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-५ तारानगर बस्ने बहादुर सिंह खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(५ बस्ने ४९ वर्षीय मोहन भट्ट लगायत ५ जनालाई नगद १ लाख ३६ हजार ४ सय २० रुपैयाँ र ४ गड्डी तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

kumari bank
kumari
nawakantipur long