citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

विष्णुमति करिडोर कालोपत्र नहुँदा समस्या

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६

काठमाडौं ।  सरकारले उपत्यकाका सबै मोटरबाटो चाँडो कालोपत्र गर्न निर्देशन दिए पनि विष्णुमति करिडोरमा भने अहिलेसम्म कालोपत्र हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा गत वर्ष चैतदेखि उपत्यका भित्रका मुख्य करिडोर खुलाउने काम भए पनि खुलाइएका करिडोर कालोपत्र नहुँदा सवारी ओहोर–दोहोरमा समस्या हुँदै गएको छ ।

महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजना अनुसार वि.सं. २०७५ चैतदेखि उपत्यकाको विभिन्न खोला किनारमा करिडोर निर्माण कार्य थालेको थियो । वैशाखमा निर्माण भएको नयाँ बसपार्क स्थित विष्णुमति करिडोर दश महिना पुरा हुँदासम्म कालोपत्र नहुँदा स्थानीयवासीलाई समेत धुलोले समस्या हुँदै गएको छ ।

नयाँबसपार्क स्थित मित्रनगर विकास तथा सुधार समितिका उपाध्यक्ष गङ्गा पन्त विष्णुमति करिडोर कालोपत्र नहुँदा नयाँ बसपार्क क्षेत्रका जनता धुलोमा बस्नु परेको बताउछन् । नयाँ बसपार्क पुलदेखि बालाजू पुलसम्म करिडोर विस्तार भएपनि अहिलेसम्म कालोपत्र भएको छैन । उक्त करिडोर कालोपत्र भए माछापोखरी, बालाजु चोक, बाइपास क्षेत्रको जाममा कमी आउने छ । दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने नयाँ बसपार्क क्षेत्रमा धुलोका कारण यात्रुलाई समेत समस्या हुँदै गएको छ ।

gold
himalayan life insurance long ad