नागरिक लगानी कोषले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६
काठमाडौं । नागरिक लगानी कोषले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफूहरुले हरेक बर्ष बार्षिकोत्सवमा रक्तदान गर्ने गरेको जनाउँदै कोषले यस बर्षको रक्तदानमा कार्यक्रममा ५० जनाले रक्तदान गरेको जनाएको छ ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपाल, नायव कार्यकारी निर्देशक डा. इन्द्र कट्टेल, निर्देशक गोपाल घिमिरे सहित कोषका कर्मचारीहरु सहभागी थिए ।