citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

काठमाडौं महानगरपालिकालाई कर नतिर्ने करदाताको सम्पत्ति रोक्का हुने !

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो महानगरपालिका क्षेत्रभित्र रहेका घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गर्ने भन्दै कर नबुझाउने करदाताहरूको नाम सार्वजनिक गरेको छ।

महानगरपालिकाले पटक–पटक घरजग्गा र सम्पत्ति कर तिर्नका लागि करदातालाई सार्वजनिक सूचना मार्फत सम्पर्कमा आउन आग्रह गर्दा समेत महानगरपालिकाको आग्रहलाई वेवास्ता गर्दै मुकदर्शक भएर बसेको महानगरपालिकाको राजश्व विभागले जनाएको छ ।

महानगरपालिकाले यसअघि गत असार १६ गते पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आएका युनाइटेड वल्र्ड टेड सेन्टर, नेशनल हस्पिटल र एनआरटी क्लब लगायतका केही करदाताले घरजग्गा र सम्पत्ति करको पहिलो किस्ता बुझाएको जानकारी पनि दिएको छ।

त्यसपछिको चरणमा महानगरपालिकाको राजश्व विभागले कर छुटको अवधारणा सहित दिएको अवसरको समेत करदाताले वेवास्ता गरेसँगै चार दर्जन भन्दा बढी कर नतिर्ने करदाताको नाम सार्वजनिक गर्दै नाम सार्वजनिक भएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने र सम्पत्ति रोक्का गर्ने लगायतका कानूनी प्रक्रियामा जाने पनि जनाएको छ ।

विभागले नाम सार्वजनिक गरेका करदाताहरु रवीन्द्रबहादुर मल्ल, दिव्यशम्सेर जबरा, जय नेपाल हल,  इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ , सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि, ओम सान इन्टरनेशनल कलेज, हेल्पिङ ह्यान्ड्स, गोपीकृष्ण मुभिज प्रालि, जिग्मे सिग्मी पर्वल विष्ट, काठमाडौं जेसिस, खाद्य संस्थान, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रा.लि., राजेन्द्रकुमार कांवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध महल, सिद्धार्थ वनस्थली स्कूल, जनमैत्री अस्पताल रहेका छन् ।

त्यसैगरी ब्याट्री कारखाना, होटल मस्याङ्दी, ह्वाइट फिल स्कूल, प्रदीप रत्न ताम्राकार, उदयरत्न ताम्राकार, विजयरत्न ताम्राकार, आदर्श नगर बिजनेश प्रा.लि., वसुन्धरा तुलाधर, रञ्जना ट्रेड सेन्टर, केशा प्रोपर्टिज प्रा.लि., वैशाली होटल प्रा.लि. , नेपाल स्काउट, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, प्रवीणबहादुर केसी, मैतीदेवी प्लाजा, भरत गिरी युनिभर्सल स्कूल, गगनवीर सिंह कंसाकार, केएल टावर, एपोलो प्रा।लि।, सिटी सेन्टर, अजयराज सुमार्गी पराजुली, शिशु अर्याल अल इन मार्ट, वरुण वेभरेज प्रा.लि, रिद्धिसिद्धि डेभलपर्स रहेको महानगरपालिकाको राजस्व विभागले जनाएको छ ।

महानगरपालिकाले कोरोना महामारीको बेलामा व्यवसायी व्यापारीक प्रतिष्ठानसँग कडिकडाइ नगरि सहज ढंगले कर असुल गर्नुपर्ने र कर दाखिला गर्न प्रयाप्त समय दिनुपर्ने उधमी– व्यवसायीहरूको धारणा रहेको छ।तर महानगरपालिकाले भने व्यवसायीहरूलाई कर तिर्न बुझाउन प्रयाप्त समय दिई पटक–पटक सुचना जारी गरेपनि अटेर गरेको जनाएको छ।

gold
himalayan life insurance long ad