stcnepal long ad
ime life insurance
global ime bank long

अब खल्तीबाटै भोजको भुक्तानी गर्न सकिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २८ फागुन

काठमाडौं । मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अनलाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी भोजले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । साझेदारी पश्चात भोज मार्फत अनलाईन अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ । खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदास र भोजका सहसंस्थापक निकेत अग्रवालले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेर साझेदारीको सुरुवात गरेका हुन् ।

क्त सम्झौता समारोहमा खल्तीका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर जोनाम भुर्तेल र भोजका बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभ सन्तोष सिंह ठाकुरको समेत उपस्थिति रहेको थियो । यस साझेदारीको फल स्वरुप भोजका ग्राहकहरुले काठमाडौं, ललितपुर र भक्तपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाईलबाटै भुक्तानी गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari