अब खल्तीबाटै भोजको भुक्तानी गर्न सकिने

आर्थिक सञ्जाल बुधबार, २८ फागुन
काठमाडौं । मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अनलाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी भोजले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । साझेदारी पश्चात भोज मार्फत अनलाईन अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ । खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदास र भोजका सहसंस्थापक निकेत अग्रवालले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेर साझेदारीको सुरुवात गरेका हुन् ।
क्त सम्झौता समारोहमा खल्तीका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर जोनाम भुर्तेल र भोजका बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभ सन्तोष सिंह ठाकुरको समेत उपस्थिति रहेको थियो । यस साझेदारीको फल स्वरुप भोजका ग्राहकहरुले काठमाडौं, ललितपुर र भक्तपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाईलबाटै भुक्तानी गर्न सक्नेछन् ।