प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए पत्र
काठमाडौं । स्वास्थ्य शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार खबरदारी पत्र पठाएका छन् ।
पत्रमा उनले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वार्थको द्वन्द्व नहुने अवस्था सिर्जना गर्नुपर्ने भन्दै या त शिक्षा र स्वास्थ्य क्षेत्रमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो लगानीबाट तत्काल अलग हुनुपर्ने, अन्यथा प्रधानमन्त्रीले उनलाई पदमुक्त गर्नुपर्ने शर्त राखेका छन् ।
यसैवीच प्रतिनिधिसभाको बैठकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्वीटदेखि लिएर पब्जी र फ्रिफायर गेमका बारेसम्म चर्चा भएको छ ।
सांसद अभिषेकप्रताप शाहले पूर्व प्रधानमन्त्री डा. भट्टराईको एउटा ट्वीटप्रति आपत्ति जनाए भने सांसद आशाकुमारी विकले पब्जी र फ्रिफायरजस्ता गेमको लतमा लागेर बालबालिकाको स्वभाव नै परिवर्तन भएको भन्दै त्यस्ता गेम बन्द गर्न माग गरिन् ।
सांसद गगन थापाले भने केपी शर्मा ओली नेतृत्वको सरकारका बेथितिबारे चर्चा गर्दै नयाँ सरकारलाई त्यस्ता गल्ती गर्ने छुट नरहेको बताए ।
केपी ओलीका फेहरिस्त सुनाउँदै गगन थापाले भने– नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन।