citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दै

गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री–स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छिन् । यस हिटमा नेपाल सहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । सिंह १३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् ।

टोकियो ओलम्पिकमा पौडीबाट सहभागी नेपालका एलेक्जेण्डर शाह एलेक्सले पुरुषको १ सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

तर, उनी हिट चरणबाटै बाहिरिएका छन् । पाँचौ दिनका खेल सकिँदा आयोजक जापानले अग्रता बनाएको छ । अमेरिका र चीनलाई उछिन्दै जापान १० स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ ।

himalayan life insurance
igi long