Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आज आरविवि म्युचुअल फण्डको इकाईमा आवेदन गर्ने अन्तिम दिन

civilbank long ad

काठमाडौं । आरविवि म्युचुअल फण्ड १ ले निष्कासन गरेको इकाईमा आवेदन गर्ने अन्तिम दिन आज (आइतवार) बैंकिङ समयसम्म रहेको छ । फण्डले असार २३ गतेदेखि १० करोड इकाई विक्री खुला गरेको हो ।

आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड अन्तर्गत सञ्चालन हुने गरी आरविवि म्युचुअल फण्ड १ ले उक्त इकाई विक्री गर्न लागेको हो । फण्डले प्रतिइकाई रू। १० अंकित दरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।

निष्कासन गरिने कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई र इकाई योजना व्यवस्थापक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि विक्री गरेको हो ।

यस फण्डमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम एक करोड इकाईसम्म आवेदन दिन पाउनेछन् । असार २७ गतेसम्म इकाई विक्री नभएमा साउन ६ गतेसम्म आवेदन म्याद थप हुनेछ । यो एक बन्दमुखी योजना हो ।

७ वर्ष अवधिको यस फण्डको इकाईमा आवेदकले धितोपत्र बोर्डबाट आस्बा सेवा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एपबाट आवेदन दिन सक्नेछन् ।


२७ असार २०७८, आइतवार ०८:३९ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad