Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

काठमाडौं महानगरको आर्थिक वर्ष २०७८/०७९ बजेट १८ अर्ब ९५ करोड सर्वसहमतिबाट  पारित

civilbank long ad

काठमाडौं । काठमाडौं महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित बजेट पारित भएको छ । महानगरपालिकाको हिजो बसेको नगर सभा बैठकले केही संशोधन सहित सर्वसहमतिबाट बजेट पारित गरेको हो ।

गत असार १० गते महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक विधेयक, २०७८ र उपप्रमुख हरिप्रभा खड्गीले आउँदो वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट प्रस्ताव गर्नुभएको थियो । आउँदो वर्ष महानगरवासीका लागि महानगरपालिकाले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क ब्यहोर्ने जनाएको छ ।

यसैगरी ज्येष्ठ नागरिक विशिष्टिकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन भएको छ । त्यसैगरी करदाताबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६/०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिबानामा छुट गर्ने भएको छ । सम्पत्ति करमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

महानगरका होटल, रेष्टुरेन्ट, पसल जस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ ।


२६ असार २०७८, शनिवार २०:०४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad