Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आठ नेपालीलाई श्रीलङ्कामा छात्रवृत्ति

civilbank long ad

काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई श्रीलङ्काली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी) ले छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पुर्‍याइएको छ ।

क्याम्पसले स्नातक तहको अध्ययनका लागि आइटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनीयरिङ जस्ता विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो। रासस


२३ असार २०७८, बुधवार ०७:१० बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad