stcnepal long ad
global ime bank long

नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल  सोमबार, २६ फागुन २०७६

दोहा । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपाल सहित १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।

आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपाल सहित, चीन, इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्याण्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको हो ।

कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडानबन्द गरिसकेको छ ।

सोमबार बिहानसम्म कतारमा १५ जनामा संक्रमण पुष्टिभएको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनिकोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको छ । तर ती कुन देशका नागरिक हुन् भन्नेबारेकेही जानकारी दिइएको छैन । कतारमा झन्डै चार लाख नेपाली कार्यरत छन्। कतारमा झन्डै भन्दा सयभन्दा बढी मुलुकका कामदार छन्।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १०० भन्दा देशमा फैलिइसकेको छ । सोमबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय २८ जनाको मृत्यु भएको छ भने एक लाख १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । करिब ६२ हजार भने निको भएका छन् ।

IME Lifesidebar
kumari