citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वैदेशिक रोजगारीले नवदासत्व निम्त्याउने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौ । विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटियुी) समन्वय समिति नेपालबाट आयोजित “आप्रवासी नेपाली श्रमिकहरुका सवालहरु ” विषयक भर्चुअल सेमीनारमा बक्ताहरुले वैदेशिक रोजगारीले नवदासता श्रृजना गर्ने र दलाल पुँजीवादलाई प्रोत्साहन गरिरहेको वताएका छन।

भर्चुअल सेमीनारमा कार्यपत्र प्रस्तुत गर्दै निड्स नेपालका चिरञ्जीवी वरालले नेपालबाट वैदेशिक रोजगारीमा भारत बाहेक तेस्रो मुलुकमा सरकारी तथ्यांकअनुसार गत वर्ष सम्मनमा झन्डै ४८ लाख युवा युवती गएको र यस मध्ये २ लाख ३६ हजार महिला रहेको उल्लेख गरिएको छ।

अवैध तवरले जानेको संख्या पनि हजारौं हुन सक्ने , वैदेशिक रोजगारीमा गएका मध्ये १।५ प्रतिशत मात्रै दक्ष, २४ प्रतिशत अर्ध दक्ष र ७४।५ प्रतिशत अदक्ष श्रमिक रहेको वताइएको छ ।

श्रम गन्तव्य मुलुकमा यिनै अदक्ष श्रमिकले जोखिमपुर्ण काम, न्युन सुविधा , बीमा, स्वास्थ्य उपचार र सामाजिक सुरक्षा विहिन सुविधामा काम गर्न परेको र यस्तै श्रमिकहरुको वर्षेनी ज्यान जाने गरेको उल्लेख गरिएको छ।

कोभिड महामारीको वेलामा सहज ढंगबाट स्वदेश फर्कन नपाएको, आउनेहरुले पनि महंगो हवाई जहाज भाडा भुक्तानी गर्न परेको र गन्तव्य मुलुकका रोजगार दाताले कोरोना महामारीको निहुँ पारेर पाउनु पर्ने थप अन्य सुविधा नदिएको, विदेश स्थित नेपाली कुटनैतिक नियोगहरुबाट पनि यस्तो अप्ठ्यारोमा परेका श्रमिकहरुलाई भुक्तानी र क्षतिपूर्ति दिलाउन प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको र झन्डै १४ प्रतिशत मतदाताको रुपमा रहेका आप्रवासी श्रमिकहरुलाई मतदान गर्ने अधिकारबाट बंचित गरिएको कार्यपत्रमा उल्लेख गरिएको छ।

सेमिनारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कंडेलले देश भित्र नै क्रमशः रोजगारीका अवसर श्रृजना गर्दै जाने पन्ध्रौं पंञ्च वर्षिय योजनाले लक्ष्य लिएको वताउदै रेमिटान्सबाट प्राप्त रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने कार्य चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन्।

नेपाल राष्ट्र बैकका पुर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई वित्तीय साक्षरता,स्वदेश आएपछि पेशा व्यबसाय संचालन गर्न तालिम र ब्यबसायिक परियोजना तयारी, सरल ढंगबाट वित्तीय सहयोग प्रदान गर्न पर्ने, रेमिट्यान्सलाई बैकिङ्ग प्रणाली मार्फत भित्र्याउन, हुण्डी कारोवारलाई निषेध गर्न मोवाईल बैकिङ्ग संगै डिजिटल इकोनोमीमा जानु पर्ने उल्लेख गरिएको छ।

कार्यक्रममा संयुक्त राष्ट्र संघ, आप्रवासन क्षेत्रमा हाल लिवियामा कार्यरत डाक्टर मिना पौडेलले नेपालमा युगान्तकारी परिवर्तन पछि स्वाधीन, आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर समाजवादको आधार निर्माण गर्ने कार्य दिशा अनुरुप नीति र संरचना बन्न नसकेको वताउन भयो।

सामन्ती युगको बधुंवा र कमैया झै वैदेशिक रोजगारीले श्रमिक कामदारहरुलाई वेचिने जस्तै गरि नवदासता जन्माएको , वैदेशिक रोजगारी क्षेत्रमा संलग्न व्यबसायीले राजनीति र कर्मचारीतन्त्रलाई पकडमा लिएको स्थिति प्रति चिन्ता प्रकट गरिन।

वैदेशिक रोजगार क्षेत्रका अधिकारकर्मी तथा अधिबक्ता सोम लुइँटेलले कोरोना महामारीको वेलामा विदेशमा दुःख पाई रहेका श्रमिकहरुलाई उद्वार गरि स्वदेश फिर्ता ल्याउने कार्य हुन नसकेको ,वैदेशिक रोजगारीबाट फिरेका श्रमिकहरुको लागि पुनः एकीकरण र दिगो रोजगारीका लागि ठोस नीति कार्यक्रम संचालन हुन नसकेको , उनीहरूले क्षतिपूर्ति पाउन नसकेको र न्यायमा पहुँच स्थापित हुन नसकेको ओैल्याएका छन।

पत्रकार होम कार्कीले श्रम कुटनीति प्रभावकारी नभएको , बैदेशिक रोजगारीमा जाने श्रमिकहरुले महंगो लागत शुल्क भुक्तानी गर्नु परेको ,

न्युनतम श्रम मापदण्डको सुविधा अनुरुप काम अनुसार तलव र वीमा सुविधा पाउन नसकेको, आफ्नो इच्छा अनुसार अन्य रोजगारी गर्न नपाएको उल्लेख गरेका छन।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण दवाडीले वैदेशिक रोजगार व्यापार जस्तै भएको छ यसलाई प्रभावकारी नियमन नगर्दा तस्करी बढेर गएको छ, र श्रम गन्तव्य मुलुकको कार्यस्थलमा न्युनतम श्रम मापदण्ड र व्यबसाय जन्य स्वास्थ्य र सुरक्षाको सुनिश्चितताको विषयमा विशेष ध्यान दिन पर्ने वताएका छन।

भर्चुअल सेमिनारमा अन्तर्राष्ट्रिय प्रवाशी संगठनका ठाकुर खनालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु रोजगार दाताबाट ठगिएको , अतिरिक्त कामको रकम पाउने नगरेको ,यौन हिंसाको शिकार हुने गरेको , श्रम संझौता अनुसारको काम नपाएको , भारतमा काम गर्ने नेपाली श्रमिकले बैकिङ्ग कारोवार गर्न नपाएको, वैदेशिक रोजगारीमा गएकाहरुलाई विदेशबाट नै मतदान गर्न पाउने अधिकारका वारेमा नेपाल सरकारले वेवास्ता गरेकोे उल्लेख गरेका छन।

सेमीनारमा विश्व ट्रेड युनियन महासंघका महासचिव जर्ज म्याभ्रीकोसले पठाएको शुभकामना सन्देशसँगै डब्लूएफटियुमा आबद्ध पेशागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेल , नेपाल राष्ट्रिय कर्मचारी महासंघका सह संयोजक मणि श्रेष्ठ , अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष लोकराज भुषाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष चिरागमान सिंह कुवर, क्रान्तिकारी ट्रेड युनियन महासंघका राजन तिमिल्सिना , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना , नेपाल ट्रेड युनियन फेडरेसनका महासचिव कृष्ण थापा , ट्रेड युनियन इन्टरनेशनल, पब्लिक सर्भिस एण्ड एलाइडका उपाध्यक्ष भोलानाथ पोखरेल, टियुआई विफुका उप महासचिव ताराखर अधिकारी, विश्व शिक्षक महासंघका सचिवालय सदस्य रामकुमार वान्तवा आदि बक्ताले वैदेशिक रोजगार क्षेत्रमा गएका श्रमिकहरुको समस्या बारे सरकारले ध्यान दिन पर्ने र देश भित्रै रोजगारी श्रृजना गर्न माग गरेका छन।

डब्लुएफटियु नेपाल समन्वय समितिका सहसंयोजक मोहनमान स्वांरले संचालन गरेको सेमिनार कार्यक्रममा डब्लुएफटियु प्रेसिडेन्सियल काउन्सिल सदस्य तथा नेपाल संयोजक प्रेमलकुमार खनालको अध्यक्षतामा भएको उक्त सेमीनारबाट सरकारले समाजवाद उन्मुख आर्थिक नीति तर्जुमा गरे देश भित्रै रोजगारी प्राप्त हुने ओैल्याइएको छ।

himalayan life insurance
igi long