citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

शेयर बजारमा दोहोरो अंकको उचाल

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक १९.१२ अंकले बढ्दै २८४३ विन्दुमा बन्द भएको छ ।

आज ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ताको सेयर किनबेचमा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ कारोबार भएको छ ।

आज सेयर किनबेच र कारोबार रकममा सुधार आएको छ। हिजो ४.१३ अंकले घटेको बजारमा साढे पाँच अर्बको कारोबार भएको छ ।

आज निको इन्स्योरेन्सको ३० करोडको कारोबार भयो भने ज्योति विकास बैंकको १८ करोडको कारोबार भयो । आज ओरेन्टियल होटललगायत तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । निर्जीवन बीमा कम्पनी समूह बाहेक अन्य सबै समूह हरियो भएका छन् ।

आज सबैभन्दा धेरै होटल तथा टुरिजम समूहका लगानीकर्ताले कमाएका छन् । होटल तथा टुरिजम समूहको शेयर ३।९४ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक समूहको शेयर पनि ३।६३ प्रतिशतले बढेको छ ।

himalayan life insurance
igi long