evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

राष्ट्रिय परीक्षा बोर्डले असार २० गतेसम्म ११ र १२ को परीक्षा आवेदन र रजिष्ट्रेशन फारम बुझाउने म्याद थप

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । कक्षा ११ र १२ को परीक्षा आवेदन र रजिष्ट्रशन फारम बुझाउने म्याद थप भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म परीक्षा आवेदन तथा रजिष्ट्रिशन फारम बुझाउने म्याद थप गरेको जानकारी दिएको छ ।

यसअघि परीक्षा आवेदन र रजिष्ट्रिशन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो । उक्त समयमा फारम बुझाउन वा भर्न छुटेका विद्यार्थी तथा विद्यालयहरूका लागि असार २० गतेसम्म दोब्बर दस्तुर सहित फारम बुझाउन राष्ट्रिय परीक्षा बोर्डले सूचनामा भनेको छ ।

बोर्डले जारी गरेको सूचनामा परीक्षा आवेदनका लागि एक हजार दुई सय र रजिष्ट्रेशनका लागि आठ सय तिर्नुपर्ने भनिएको छ ।

himalayan life insurance
igi long