stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौँ महानगर बाढीजन्य जोखिम रोकथाम, व्यवस्थापन पूर्व तयारीमा 

विगत बर्षहरुका घटनालाई आधार बनाएर रोकथामका काम थाले 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथामका काम थालेको छ । महानगर भएर बग्ने नदीहरुमा बाढी आउँदा विगत बर्षहरुमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो ।

विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्नुहुन्छ, ‘गएका बर्षहरुमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीजन्य समस्या थिए । यी बाहेकका क्षेत्रमा पनि समस्या नहोलान् भन्न सकिन्न ।

यसपाली सक्रिय मनसुन छ । त्यसैले नदी आसपास क्षेत्रमा सावधानी अपनाउन जरुरी छ ।’

प्रमुख श्रेष्ठका अनुसार अहिले अनामनगर, सामाखुशी लगायत नदी क्षेत्रको सफाइ र पूर्वाधारका माग आएका छन् । ती क्षेत्रमा नदीको बहाव खुकुलो बनाएर निर्वाध जलप्रवाह कायम गराउने काम भएको छ ।

यस बाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्पहरु, त्रिपाल, भ¥याङ्, डोरीलगायत सामाग्रीको व्यवस्था गरिएको छ ।

सम्भावित विपद व्यवस्थापन गर्न नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी सहित क्षेत्रगत साझेदारसँग समन्वयमा काम गर्ने तयारी भइरहेको छ । यस्तै दमकललाई तैनाथ गरिएको छ ।

विभागीय प्रमुख श्रेष्ठ भन्नुहुन्छ, ‘काठमाडौँ महानगरका कुनै पनि ठाउँमा बाढी वा अन्य विपद भयो भने सम्बन्धित टेलिफोनसहित मेरो मोवाइल नं. ९८५१० २४३०५ मा सम्पर्क गर्नोस् । हामी तत्काल विपद व्यवस्थापनमा खट्ने छौँ ।

भारी बर्षा भएको समयमा नदीमा पानीको वहाव बढ्ने र यसले जनधनको क्षति पु¥याउन सक्ने भएकोले नदी किनारामा बसोबास गर्ने परिवारलाई सतर्क रहन र जोखिमको सम्भावना देखेमा तत्काल महानगरमा सम्पर्क गर्न गर्नुहोला ।’

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सराजुकुमार बैद्यका अनुसार यो बर्ष जुन ११ (जेठ २८ गते) बाट मनसुन सुरु भएको छ । अन्य बर्षहरुको मनसुन सुरु हुँदा यति सक्रिय हुँदैनथ्यो ।यस बर्ष शुरुवातबाट नै सक्रिय छ ।

महानिर्देशक वैद्यका अनुसार आज न्युनचापीय रेखा नेपालको सिमानामा भएकोले बागमती प्रदेशसहित, प्रदेश नं. १, २, गण्डकी र लुम्विनी प्रदेशमा बर्षा भइरहेको छ ।

क्षेत्रमा भारी बर्षासहित चट््याङ् पर्ने सम्भावना छ । यो भोलिसम्म रहन्छ । त्यसपछि पश्चिमतर्फ सर्दै जानेछ ।

तस्विर: २०७४ साउन २९ गते राती धोवी खोलामा बाढी आएर अनामनगर बस्तीमा प्रवेश गरेपछि साउन ३० गते लिइएको हो

 

prabhu mahalaxmi
kumari