stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साउन १० गतेदेखि त्रिविको स्नातक तहको परीक्षा सञ्चालन हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० गते देखि सुरु हुने भएको छ ।

त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणाली अन्तर्गतको ​तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको छ।

तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। तालिका अनुसार साउन २८ गते परीक्षा सकिने छ।

त्यस्तै, चार वर्षे बिएको पनि १० गतेदेखि परीक्षा सुरु भई २९ गते सकिने छ। त्रिविले चार वर्षे शिक्षा संकायको पनि परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा साउन १० गतेदेखि सुरु भई २५ गते सकिने छ।

चार वर्षे तथा तीन वर्षेको बिबिएसको परीक्षा साउन ११ गतेदेखि सञ्चालन हुने छ। सबै परीक्षा भौतिक उपस्थितिमै सञ्चालन हुने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

prabhu mahalaxmi
kumari