stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले ठूला ऋणी माथि निगरानी बढाए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ठूला ऋणी माथिको निगरानीलाई नेपाल राष्ट्र बैंकले  तीव्रता दिन अनुसन्धान प्रक्रिया अघि बढाएको छ । ठूला ऋणिमाथि निगरानी बढाएको राष्ट्र बैंकले हाल बैंकहरूलाई निर्देशन दिँदै ५० लाख रुपैयाँभन्दा बढी ऋण लिने ग्राहकको विवरण दैनिक रिपोर्टिङ गर्न भनेको छ ।

कोरोना महामारीबाट बच्न भन्दै लगाइएको निषेधाज्ञाको समय उद्योग व्यवसाय सञ्चालनमा नआउँदा पनि बैंकको कर्जा विस्तार उच्च भएपछि के कस्ता क्षेत्रमा कर्जा प्रवाह भइरहेका छन् ? सो विषयमा छानबिन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने आफ्ना ग्राहकको विवरण पठाउन निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा। गुणाकर भट्टले हाल के कस्तो क्षेत्रमा कर्जा विस्तार भइरहेको छ रु त्यसको अनुसन्धान गर्न ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकको विवरण पठाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको जानकारी दिए ।

नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा र मुलुक लकडाउनको समयमा पनि के कस्ता क्षेत्रमा कर्जा विस्तार भएको छ ? त्यसको विश्लेषण गर्नका लागि राष्ट्र बैंकलले ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकको विवरण माग गरेको जानकारी गराउँदै भट्टले भने, ‘निषेधाज्ञाको समयमा राष्ट्र बैंकको नीतिअनुरूप ठीक ठाउँमा कर्जा विस्तार भयो वा भएन भन्नेबारे बुझ्न अब हामी अनुसन्धान गर्छौं ।’

राष्ट्र बैंकको यस्तो निर्देशन बमोजिम बैंकहरूले यसअघिका दिनमा र अबका दिनमा ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकको विवरण दैनिक बुझाउनुपर्नेछ ।

पछिल्लो समय राष्ट्र बैंकको नीति विपरीत अन्य क्षेत्रमा बढी कर्जा विस्तार भइरहेको गुनासो बढेपछि राष्ट्र बैंकले सो सम्बन्धमा छानबिन गर्न ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिने ग्राहकको विवरण मगाएको सम्बन्धित सरोकारवालाको भनाइ छ । आजको राजधानी दैनिकबाट

prabhu mahalaxmi
kumari