evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

भावी आईजीपीमा अर्याल,गौतम र पौडेलको प्रतिस्पर्धा

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सशस्त्र प्रहरीका भावी महानिरीक्षकका रुपमा हेरिएका डिआईजी प्रवीण श्रेष्ठको पदावधि हिजो असार ७ गते थपिएन । उनी आगामी २०७९ बैशाख १९ मा महानिरीक्षकका दाबेदार थिए ।

पदावधि नथपिएपछि डिआईजी श्रेष्ठले असार ९ गते बुधबार अवकाश पाउदैछन् । सामान्यतया डिआइजीको पदावधि उमेर छ भने एक वर्ष थप हुने गरेको छ । तर, सशस्त्र प्रहरीमा भावी प्रहरी महानिरीक्षकको चलखेलका कारण उनको पदावधि नथपिएको गृह मन्त्रालय स्रोतले बतायो ।

अर्कोतर्फ श्रेष्ठ कार्यक्षमताका पनि कमजोर मानिन्थे । व्यक्तिगत स्वार्थका लागि भारतीय दूतावास छिरेको आरोप पनि उनलाई लागेको थियो ।

डोटी घर भएका उनी नेपाली कांग्रेस निकट भएकाले पनि अहिलेको सरकारले उनलाई अघि बढाउन नचाहेको स्रोतले बतायो ।

यसले सशस्त्रमा उनीपछिका ब्याचीलाई फाइदा हुने देखिन्छ । जसमा डिआईजी राजु अर्याल, चन्द्रप्रकाश गौतम, नारायणदत्त पौडेल लगायत भावी आईजीपीको लाइनमा पुगेका छन् । अब उनीहरु  मध्येबाटै एक–डेढ वर्षअघि नै महानिरीक्षक हुने छन् ।

तीन महिना अघि सशस्त्र प्रहरी बलमा एआईजीको पदावधि थपको विषयलाई लिएर चर्काचर्की भएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एआईजीद्धय पुष्पराम केसी र रामशरण पौडेलको पदावधि नथप्ने प्रयास गरेपछि विवाद बढेको थियो । पछि दुई एआईजीले राजनीतिक लबिङ गरेर पदावधि थप गरेका थिए ।

अहिले डिआईजीको पदावधि थपको विषयलाई समेत सशस्त्रमा विवाद बढेको छ । डिआइजी प्रवीण श्रेष्ठको डिआइजीको पदावधि यही असार ९ गते ४ वर्ष पुग्दैछ ।

सशस्त्र प्रहरी नियमावलीमा डिआईजीको पदावधि ४ वर्ष हुने र एक वर्ष थप्न सकिने उल्लेख छ । सामान्यतया सबैको एक वर्ष थप हुँदै आएको थियो ।

डिआइजी श्रेष्ठको राजनीतिक लबिङ कमजोर भएको र उनको पदावधि थप संगठनको भावी नेतृत्वमै हेरफेर ल्याउने भएकाले पदावधि थपमा राजनीतिकरण भएको छ । श्रेष्ठ भावी आइजीपीका दाबेदार थिए ।

अहिले पदावधी थप भएको भए उनी आगामी वर्ष बैशाख १९ सम्म आईजीपी हुने थिए । अहिलेका महानिरीक्षक खनालले चैत २७ गते अवकाश पाएपछि एआईजी पुष्पराम केसी तीन साताका लागि आइजीपी हुनेछन् ।

त्यसपछिको अवस्थामा श्रेष्ठ महानिरीक्षकका एक्ला दाबेदार हुन्थे । तर, उनी कार्यक्षमतामा कमजोर भएकाले म्याद थपिएन । अर्कोतर्फ स्टाफ कलेजमा कार्यरत रहँदा गोप्य रुपमा भारतीय दूतावास गएको आरोपमा कारबाही भोगेका अधिकृत समेत हुन् ।

दुई वर्षअघि गृह मन्त्रालयको निर्देशनमा उनीमाथि कारबाही गरिएको थियो । व्यक्तिगत स्वार्थका लागि श्रेष्ठ पटक–पटक विदेशी दूतावास धाउने गरेकाले संगठनको महानिरीक्षक भएपछि के गर्लान् भन्ने चिन्ता सशस्त्र प्रहरी अधिकारीमा छाएको थियो छ । जबकी सशस्त्र प्रहरीको मुख्य काम भारतसँगको सीमा सुरक्षा गर्नु हो ।

igi long
himalayan life insurance long ad