Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

काठमाडौं महानगरले सिन्धुपाल्चोकका बाढी प्रभावित पालिकाहरुलाई आर्थिक सहयोग

civilbank long ad

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सिन्धुपाल्चोकको बाढीजन्य विपत्तिमा सहयोग गर्न मेलम्ची नगरलाई २ करोड र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।

हिजो वडाध्यक्ष र कार्यपालिका सदस्य सहित मेलम्ची पुगेर उहाँले सहयोग रकम प्रदान गर्नुभएको हो । उक्त सहयोग मेलम्ची नगरका प्रमुख डम्बरबहादुर अर्याल र पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टाँसी लामालाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यस अवसरमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्, संघ तथा प्रदेश सभा सदस्य, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, मेलम्ची नगरकी उपप्रमुख भगवती नेपाल, पाँचपोखरी गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी सहित पदाधिकारीह? सहभागी हुनुहुन्थ्यो ।

सहयोग रकम हस्तान्तरण अवसरमा बोल्दै स्वास्थ्यमन्त्री तामाङ्ले, विपद् व्यवस्थापन गर्न पालिकाह? आफैले कोष बनाएर सञ्चालन गर्न सुझाव दिनुभयो ।

जुरेको पहिरो व्यवस्थापन गर्न प्राप्त भएको रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा गरियो । कानुनी जटिलताले गर्दा संकलित रकममध्ये केही रकम अहिले पनि खर्च हुन पाएको छैन । यसबाट हामीले सिक्नुपर्छ ।

त्यस क्रममा महानगरका प्रमुख शाक्यले, भगिनी सहर मेलम्चीसँगै प्रभावित पाँचपोखरी थाङ्पाल र हेलम्बुृ गाउँपालिकाका जनतामा प्राकृतिक विपत्तिले ल्याएको दुःखमा काठमाडौँ महानगर र महानगरबासीकातर्फबाट सहयोग गर्न आएको बताउनुभयो ।

प्रभावका दाँजोमा सहयोग सानो हो । तर हामीले आपसी दुःख बाँड्न खोजेका हौँ । शाक्यले भन्नुभयो, पुनस्र्थापनाको काम तत्काल पूरा गर्न सकिँदैन । यो नियमित प्रक्रिया हो ।

यसप्रकार विपत्तिको सामना गर्दा नेतृत्व आत्तिनु हुँदैन । संयमता अपनाएर काम गर्नुहोला । महानगरको तपाईँह?को दुःखमा साथमा छ ।

असार १ गते आएको बाढीले यसअघि नगरपालिकाले गरेका सबै कतै पुरिदियो कतै बगाइदियो । बस्ती र बजारलाई बगर बनाइदियो ।

उर्वर भूमिलाई मरुभूमि बनाइदियो । बाढीले ल्याएको विपत्तिको कुरा सुनाउँदै मेलम्ची नगरका प्रमुख अर्यालले भन्नुभयो, यो दुःखको घडीमा आत्मीयता प्रकट गर्न आएको काठमाडौँ महानगर परिवार आएपछि मलाई क्षति व्यवस्थापनमा थप हौसला मिलेको छ ।

नगरका १३ वडामध्ये ४ वटा वडासँग अहिले सम्पर्क विच्छेद छ । बाढीले नगरका ६ वटा वडामा प्रभाव पारेको छ । त्यसमध्ये वडा ६, १० र ११ मा धेरै क्षति पु¥याइको छ । यसले कति क्षति ग¥यो तथ्याङ्क संकलन कार्य थालिएको छ ।

त्यो एकिन विवरण नआएसम्म हामी यति मात्र भन्न सक्छौँ । बाढीबाट मेलम्चीले मात्र अरवौँको क्षति व्यहोर्नुप¥यो ।
त्यस क्रममा प्रदेश सभा सदस्य माधव पौडेलले, जोखिमयुक्त ठाउँलाई जोखिममुक्त बनाउन सामुहिक प्रयत्नको आवश्यकता रहेको बताउनुभयो ।

असार १ गते पाँचपोखरी गाउँपालिका र मेलम्ची नगरका प्रमुख विच भएको अन्तर पालिका सहकार्यका विषयमा छलफलपछि गाउँपालिकाका अध्यक्ष टाँसी लामा घर फर्कदै गर्दा नदीमा अत्यासित पानीको बहाव बढेको मेयर अर्यालललाई खवर गर्नुभएको थियो ।

त्यो खवरपछि नगरबासीलाई सतर्क रहने सचेत गरिएको थियो । नगरले गराएको सावधानीपछि नगरबासीह? बाढी हेर्न पुलभाथि भेला भएका थिए । पछि पुल नै बगाउने अवस्था आएपछि जनतालाई त्यसठाउँबाट जोगाउन नगरले स्थानीय प्रहरीको साथ लिएको थियो ।

काठमाडौँ महानगरपालिकाको असार ३ गते बसेको नवौँ नगर सभाको पहिलो बैठकले बाढी प्रभावित मेलम्ची नगरलाई २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । त्यस्तै असार ४ गते बसेको दोस्रो बैठकले हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५०/५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

अहिले बाढी प्रभावित क्षेत्रमा राहत लिएर जाने र रमिता हेर्न आउनेको बाक्लो उपस्थिति हुने गरेको देखिन्छ । त्यहाँका स्थानीयहरु मध्ये जसको सर्वस्व गयो उहाँहरुलाई आधारभूत आवश्यकता पूरा गर्न खाद्यान्न र बासस्थानको जरुरी देखिन्छ भने कतिपय व्यक्तिको अहिलेसम्म बचेको घरमा अब क्षति होला कि भन्ने चिन्ता छ ।

यस्ता व्यक्तिहरु राहत होइन, नदीको धार व्यवस्थापन गर्न र जोखिम भएको ठाउँमा ग्याविन वाल लगाइदिए हुन्थ्यो भन्ने अपेक्षामा छन् ।

नदीका किनारामा भेला हुने स्थानीय पाका मानिसहरु भन्छन्, बाबु, बाढी नआउने समयमा नदीले यो रुप देखायो, अब साँच्चे बाढी आउने समयमा त झन के होला । ती पाका मानिसहरुको बुझाइ छ, दोर्जे लाक्पा हिमालमा तल्लो भागमा जम्मा भएको पानी ३० प्रतिशत मात्र आएको छ । बाँकी ७० प्रतिशत त बग्न बाँकी नै छ । त्यो एकैपटक आयो भने संसार सक्छ ।
ती पाका मानिसले बुझेको कुरामा अव सम्वद्ध पक्षले उत्तर दिन जरुरी छ । उनीहरुले बुझेको सत्य रहेछ भने प्रतिकार्यमा लाग्न समय उपलब्ध हुन्छ । यदि हल्ला मात्र रहेछ भने डरमुक्त भएर बस्ने अवसर प्राप्त हुन्छ ।


८ असार २०७८, मंगलवार ११:०१ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad