citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

ठगी गरेको अभियोगमा पक्राउ

kumari bank
Prabhu Insurance Long Ad
global bank

 

आर्थिक सञ्जाल शनिबार, २४ फागुन २०७६

काठमाडौं । वैदेशिक रोजगारको सिलसिलामा दुबई तथा मलेशिया पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं गौशला बस्ने धनुषा मिथिला विहारी नगरपालिका-५ घर भएका राधे साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

साहले दुबई तथा मलेशियामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्‍वास दिलाई विभिन्न मितिहरुमा ९ जना व्यक्तिहरुको साथबाट ११ लाख ४२ हजार २ सय रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-८ पिङ्लास्थानमा फेला पारी पक्राउ गरेको हो ।

साहलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

gold
himalayan life insurance long ad