stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ठगी गरेको अभियोगमा पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल शनिबार, २४ फागुन २०७६

काठमाडौं । वैदेशिक रोजगारको सिलसिलामा दुबई तथा मलेशिया पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं गौशला बस्ने धनुषा मिथिला विहारी नगरपालिका-५ घर भएका राधे साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

साहले दुबई तथा मलेशियामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्‍वास दिलाई विभिन्न मितिहरुमा ९ जना व्यक्तिहरुको साथबाट ११ लाख ४२ हजार २ सय रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-८ पिङ्लास्थानमा फेला पारी पक्राउ गरेको हो ।

साहलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

prabhu mahalaxmi
kumari