sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

बाढीजन्य विपद व्यवस्थापनका लागि काठमाडौँ महानगरले मेलम्ची नगरलाई २ करोड रुपैयाँ सहयोग गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरले मेलम्ची नगरलाई बाढीजन्य विपद व्यवस्थापनमा सघाउन २ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । आज राष्ट्रिय सभा गृहमा सुरु भएको नवौँ अधिवेसनमा राखिएका प्रस्ताव मध्ये विविध विषयमा छलफल गर्दै भगिनी सहरको दुःखमा साथ दिन सहयोग उपलब्ध गराउने निर्णय गरिएको प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

नगर क्षेत्रमा बाढी पसेर जनधनको ठूलो क्षति पु¥यायो । त्यहाँको जनजीवन अहिले संकटमा छ । यो संकटमा साथ दिन सहयोग गर्ने निर्णय गरेका हौँ । प्रमुख शाक्यले भन्नुभयो, यो सहयोगबाट खोज तथा उद्धार र जनजीवनको पुनस्र्थापनाका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।

अन्तर नगर आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत नागरिकको आय आर्यजनमा टेवा पुग्ने, जीविकोपार्जन र आपसी हित प्रवर्धन हुने, साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरणको प्रयासका लागि स्थापना भएको भगिनी सम्बन्ध भएको नगर आज संकटमा छ ।

यसलाई सहयोग गर्नु हाम्रो दायित्व हो । नगर सभा सदस्यहरुले सहयोग बढाउन प्रस्ताव गर्नुभएको थियो । गएको बर्ष पुस २१ गते वागमती प्रदेशका दुई नगरहरु काठमाडौं महानगर र मेलम्ची नगरबीच भगिनी सम्बन्ध सम्बन्ध स्थापना भएको थियो ।

भगिनी सम्बन्ध स्थापना लगत्तै मेलम्ची सिटी पार्क निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मेलम्ची नगरपालिका वडा नं. १० मेलम्ची बजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय पार्क निर्माण गर्न महानगरले यस अघि १ करोड ५० लाख रुपैयाँ प्रदान गरिसकिएको छ ।

दुवै नगरको सहकार्यमा मेलम्ची नदी र सहायक खोलाका उदगम स्थलदेखिका बहाव क्षेत्रहरुमा बृक्षारोपण तथा प्रदुषण नियन्त्रणको काम गर्ने योजना थियो । बाढीले अहिले जनधनको क्षतिसँगै पूर्वाधार र जनजीविकाका सबै ठाउँहरुमा क्षति पु¥याएको छ ।

 

 

gold
prabhu bank
nawakantipur long