Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

निषेधाज्ञा वीच मानव अभियान

civilbank long ad

काठमाडौ । “मानवका लागी मानव अभियान”ले निषेधाज्ञा वीच काठमाडौका सडक मानव,गरिव असहायलाई खाना र सुरक्षाकर्मीहरूलाई खाना,खाजा,पानी वितरण शुरू गरेको छ। यसरी खाना खुवाऊने क्रममा औषधि नपाएर समस्यामा परि भौतारिएका केही आमाहरूलाई आफ्नै खर्चमा औषधी उपलव्ध गराएको छ।

औषधी नपाएर सरकार प्रति आक्रोस देखाउदै आएका आमाहरूलाई अभियानकी एक अभियन्ता मन्दिरा शर्मा पौडेलले असहाय आमाहरूलाई आफ्नै खर्चमा सम्पूर्ण औषधि किनेर वहाँहरू दिई तत्कालको समस्या टारेकी छिन।

दिनदुखिको सेवा र मानवहितमा लाग्दै आएकी मन्दिरा जस्ता अभियानकर्मी र अभियन्ताहरूले कहिले सम्म समस्या हल गर्ने रु सरकार यस्ता गरिव,असहायहरूका लागि कहाँ छ ? किन निरीह छ रु साच्चै सरकार को आँखा र कान किन बन्द छ रु स्थानीय निकाय कहाँ छ रु भन्ने गम्भीर प्रश्न उठेको छ।

यसै वीच मानवका लागि मानव अभियानले निशुल्क खाना खुवाउने अभियान तिव्र पारेको छ। यश अभियानले सडक पेटिमा बस्ने गरिब, मजदुरहरुलाई खान खुकाएको छ।

रोग र भोक दुबैबाट सबै बाँच्नुपर्छ भन्ने सोचका साथ यो अभियान टिम दिनरात मैदानमा खटिरहेको छ। यस अभियानलाई धेरै आमा(बुवा दिदीवहिनी, दाजुभाईले सहयोग गरेका छन। अभियानले अझै साथ र सहयोगको अपेक्षा गरेको छ।


५ जेठ २०७८, बुधवार २०:५१ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad