Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

चेम्वर अफ कमर्सद्धारा सरकारी अस्पतालहरुलाई स्वास्थ सामाग्री वितरण

civilbank long ad

काठमाडौ । नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आज सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुलाई स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामाग्रीहरु ग्रहण गर्दै चेम्वरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गर्दै चेम्वरलाई धन्यबाद दिएका छन् ।

साथै चेम्वरका अध्यक्ष मल्लले त्रिबि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षलाई पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

त्रिबि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गरेका थिए । त्यसैगरी चेम्वरका अध्यक्ष मल्लले राधास्वामी अक्सिजन थेरापी आइसोलेशन सेन्टर गाेगंवुको लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तिनाथ शाखीलाई हस्तान्तरण गरेका थिए ।

आज यी अस्पतालहरूमा हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट,सर्जिकल मास्क,सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल रहेका छन ।

अध्यक्ष मल्लले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरुलाई अक्सिजन सिलिण्डर र कन्सन्टेन्ट उपलब्ध गराइने तयारी हुँदै गरेको जानकारी दिएका छन् ।

उक्त अवसरमा चेम्वरका उपाध्यक्ष तथा नेपाल चेम्वर कोभिड व्यवस्थापन समितिका संयोजनक दीपक कुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको पनि उपस्थिति रहेको थियो ।


५ जेठ २०७८, बुधवार २०:५४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad