Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

 प्रभु सेलेक्ट फण्डको इकाई पहिलो दिन नै ५६ प्रतिशत बिक्यो

civilbank long ad

काठमाडौं ।  प्रभु सेलेक्ट फण्डको इकाईमा पहिलो दिन मै आजबाट निष्काशन भएको ५६ प्रतिशत भन्दा बढी आवेदन परेको छ । १७ हजार ९ सय ७२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ४१ करोड १४ लाख ८३ हजार ७ सय रकम बराबरको ४ करोड ११ लाख ४८ हजार ३ सय ७० इकाई खरिदका लागि आवेदन परेको हो ।

आज जेष्ठ ५ गतेदेखि प्रभु क्यापिटलले  प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।


५ जेठ २०७८, बुधवार १९:१८ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad