citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अध्यादेशबाट बजेट आउने ! बजेट तयारी अन्तिम चरणमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ को बजेट मस्यौदा लेखन अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोभिडको रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी गरेको छ ।

यो वर्ष झन् विश्वमै नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९) को महामारी देखिएको र यसले विश्वलाई नै ठुलो आर्थिक प्रभाव पारेको अवस्थामा कोभिडको रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारीमा रहेको अर्थ मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारी महेश आचार्य जानकारी दिएका छन ।

सरकारले ल्याउने बजेट मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै परिलक्षित हुनेछ । त्यसैले समय परिस्थिति, जनताको अपेक्षा, राज्यलाई प्राप्त हुन सक्ने स्रोत र बजेटको कार्यान्वयन गर्ने क्षमतालाई समेत आधार मानेर नयाँ बजेटमा कार्यक्रमको प्राथमिकता निर्धारण गरिने भएको छ।

यसपालीको बजेटमा अर्थ  मन्त्रालयले कोभिडको रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकता राख्ने जनता र उद्यमी व्यवसायीहरूको माग रहेको छ तर सरकारले गत वर्षको जस्तै गाईजात्रे बजेट ल्याउछकी भन्ने चिन्ता छाएको छ। देश र जनताको माग एकातिर र सरकारले ल्याएको बजेट अर्कोतिर नहोस भन्ने अर्थशास्त्रीको टिप्पणी छ ।

यो वर्षको राजश्व र खर्च नियमित भएको भए आउने बजेटको आकार र प्राथमिकता अर्कै हुन्थ्यो । तर, अहिलेको प्राथमिकता त्यो भन्दा फरक नै हुने भएको छ ।

देशमा स्वास्थ्य अवस्था र महामारीले जनताको स्वास्थ्यमा पारेको प्रभावलाई बजेटको केन्द्रमा राखिने सम्भावना छ तर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका अधिकारीहरूको प्राथमिकतामा त्यो कहिल्यै नपरेको देखिन्छ।

यस विपतको बेला स्वास्थ्य, शिक्षा र रोजगारीमा विशेष प्राथमिकता दिनु पर्ने जनताको अपेक्षा रहेको छ । त्यसै आधारमा हामीले बजेट ल्याउने प्रयासमा अर्थ मन्त्रालय रहेको सूचना अधिकारी आचार्यले बताए पनि त्यस्तो नहुने जनताले आशंका गरेका छन्।

राजनीतिका अस्थिरता र अन्यौलता रहेको भएपनि जेठ १५ मा नै सरकारले अध्यादेशबाट बजेट ल्याउने र बजेट चुनावलाई ध्यानमा राखेर वितरणमुखी बनाइने सम्भावना रहेको छ।

सरकारले कोरोना कम भएपछि बजेट अधिवेशन मध्य असारमा वोलाउन सक्ने बताइन्छ । ओली सरकारले बजेट पछाडि २०/२१ गते तिर विश्वासको मत लिन एकदिन संसदको अधिवेशन बोलाउने भएको छ।

himalayan life insurance
igi long