citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

चुनीखेलमा नौलिंङ्ग भद्रकाली जात्रा मनाइने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौ । प्रत्येक वर्ष बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा बैशाख /जेठ महिनामा नौलिंङ्ग भद्रकाली जात्रा मनाइन्छ। स्थानीय नौलिंग भद्राकाली जात्रा संचालन सम्बन्धि सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना र निषेधाज्ञाको अवस्थामा जात्रा कसरी संचालन गर्ने भन्ने बिषयमा छलफल गरिएको छ । यो जात्रा प्रत्येक वर्ष बैशाख शुक्ल पुर्णिमाको अघिल्लो दिनबाट शुरु भई ६ दिनसम्म मनाईने गरिन्छ। यसपाली जात्रा जेठ ११ गते चतुर्दर्शीका दिन शुरू भई जेठ १६ गते समापन हुनेछ।

सयौं वर्ष अगाडि ललितपुर र काठमाडौँ राज्यमा लडाई भईरहेको समयमा ललितपुरलाई काठमाडौंले जित्नको लागि राजा र तान्त्रिकको सल्लाहमा भद्रकाली माईलाई भारतबाट कलमा ल्याईएको थियो ।

उक्त भद्रकाली माईले बच्चाको रुप धारण गरि राष्ट्रिय नाचघर अगाडिको पिपलबोटबाट खेतमा काम गर्न गएको किसानले बूढानीलकण्ठ वडा १३ चुनिखेल गाम्चा, हाल भद्रकाली मन्दिर रहेको स्थानमा राखि आफ्नो काम गर्नका लागि गएका थिए। काम सम्पन्न गरि फर्केर आउँदा सो बच्चा उक्त स्थानमा भेटिएन।

खोजि गर्दा कतै नभेटिँदा उक्त किसानले खाजा खानका लागि लिएर गएका सबै खाजा हिरामोती माणिक्यहरुमा परिणत भएको थियो। उक्त वरदान प्राप्त भए पश्चात् किसानको पुकारले भद्रकाली माईले दर्शन दिएर सोही स्थानमा आसिन भएर बस्ने आज्ञा भएपछि किसान फर्किएको पौराणिक कथन रहेको छ।

जात्राको पहिलो दिन जेठ ११ गते भद्रकालीको मुर्तिलाई मन्दिरमा लगेर पञ्चबली दिई जात्राको शुरुवात गरिन्छ। दोस्रो दिनमा टुसालमा पुजाआजा गरि तेस्रो दिनमा टुपेकमा पुजा गरि खाली रथ (रति पोङ्ख’) लिएर नौलिङ्गेश्वरी मन्दिरमा लगरे रातभर मन्दिरमा छोडिने चलन रहेको छ।

चौँथो दिनमा सोही मन्दिरमा सिन्दुर जात्रा गरि अन्तिम दिनमा मुर्ति भित्राइने चलन रहेको छ। गत वर्ष झैँ यस वर्ष पनि कोरोना महामारीको कारण लागु भएको निषेधाज्ञा र वर्तमान अवस्थालाई मध्यनजर गर्दै संक्रमण दर न्युनिकरण गर्न जात्रा सञ्चालन गर्दा हुने भिडभाड लगायत स्वास्थ्य मापदण्ड विपरितको कार्यहरु कम गर्नका लागि सरोकारवालाहरूको बैठकले १७ बुँदे मापदण्ड तयार पारिएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकमा उपस्थित सबैको निर्णयबाट १७ बुँदे मापदण्ड तयार पारिएको हो ।

तयार पारिएका मापदण्डहरुमा

१. गुठियारहरुलाई आ(आफ्नो तरिकाबाट परम्परा अनुसार नित्य पुजा गर्न दिने,

२. बाजा गाजा कुनै पनि बजाउन नपाइने,

३०. रथ जात्रा नगर्ने,

४. सिन्दुर जात्रा नगर्ने,

५.बली चढाउन वा काटमार गर्न नपाउने ,

६. नौलिंङ्ग भद्रकाली मन्दिरको गेट बन्द गर्ने,

७.पाहुना बोलाउन नपाइने,

८.बाहय व्यक्तिहरु कसैलाई पनि आवतजावत गर्न नदिने,

९.लक डाउनको नियम पुर्ण रुपमा पालना गराउने,

१०. पुजा गुठियारहरुले भगवान ल्याउने र लाने बेला आ–आफ्नो झ्याल र कौशीबाट मात्र पुजा गर्ने,

११. क्षमा पुजा गरी मिल्छ भने जात्राको दिन छोट्याउने,

१२. जात्रा आ–आफ्नो घरमा परिवारसँग मात्र बसेर मिठो नमिठो जे छ त्यही खाएर समापन गर्ने,

१३. समन्वयको लागि प्रहरी र स्वयम् सेवक परिचालन गर्ने र उक्त कार्यको लागि माईकिङ्ग समेत गराउने,

१४. जेठ ५ गते देखि जात्रा हुने सबै मठ मन्दिर बन्द गर्ने गराउने,

१५. मुल गुठी पुजामा बढिमा २ वटा सम्म बाजा बजाउने,

१६. सामुहिक भोजभत्तेर नगर्ने,

१७. उल्लेखित कार्यहरु गर्दा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्ने ।

तयार भएको मापदण्डहरु कडाईका साथ कार्यन्वयन गर्न र गराउन सम्बन्धित सबैलाई नगरप्रमुख उद्वब प्रसाद खरेलले निर्देशन दिएका छन।

बैठकमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्की , नगर सल्लाहकार सुन्दर पुर्कुटी वडा नं २का वडा अध्यक्ष राजेन्द्र खड्का, वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, वडा नं ६ का अध्यक्ष नविन के.सी., वडा नं ७ वडा सदस्य रमा माया महर्जन, वडा नं १० का वडा सदस्य तथा भैरव गुठी प्रतिनिधि चन्द्रमान श्रेष्ठ, वडा नं ११ का अध्यक्ष राजु अधिकारी, वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङ, महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी नायव निरीक्षक अर्जुन गिरी, नौलिंङ्ग भद्रकाली गुठीका प्रतिनिधि अभिषेक श्रेष्ठ, गणेश गुठीका प्रतिनिधि मानकाजि श्रेष्ठ, पञ्चकन्या गुठिका प्रतिनिधि गौराज श्रेष्ठ, भद्रकाली गुठीका प्रतिनिधि मंगल दास श्रेष्ठ, वनदेवी समितिका प्रतिनिधी राजकुमार नगरकोटी लगायत नगर भित्र रहेका विभिन्न गुठीहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

himalayan life insurance
igi long