Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आइपुग्यो चीनबाट थप ५ सय ७५ अक्सिजन सिलिण्डर

civilbank long ad

काठमाडौं ।  थप ५ सय ७५ थान अक्सिजन सिलिण्डर नेपालमा आइपुगेको छ । चीन सरकारले उपलब्ध गराएको सहयोग अन्तर्गत सोमबार दिउँसो ५ सय ७५ थान सिलिण्डर आइपुगेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो ।

आइतबार आएका ४ सय र सोमबार आएका ५ सय ७५ गरी चीनबाट नेपालमा ९ सय ७५ थान अक्सिजन सिलिण्डर आइपुगेको महाप्रबन्धक पौडेलले बताउनुभयो । उहाँका अनुसार सिलिण्डरसँगै १ सय ५७ वटा अक्सिजन कन्सनट्रेटर पनि आइपुगेको छ ।

पौडेलले वायु सेवा निगमका जहाज आज राति चीनको राजधानी बेइजिङ गएर भोलि पुनः अक्सिजन र कन्सन्ट्रेटर लिएर आउने जानकारी दिनुभयो । यस्तै भोलि राति पुनः गएर पर्सी पनि स्वास्थ्य सामग्री ल्याउने तालिका रहेको बताउनुभयो ।


३ जेठ २०७८, सोमवार १४:२४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad