Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

ललितपुर महानगरमा जेठ ६ बिहिबारदेखि १३ गतेसम्म कोरोना विरुद्धको खोप अभियान  सञ्चालन गर्ने 

civilbank long ad

ललितपुर ।  ललितपुर महानगरपालिकाले आउँदो बिहिबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले जेठ ६ गते बिहिबारदेखि जेठ १३ गतेसम्म खोप लगाउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

यस अघि चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुको लागि दोस्रो डोज खोप दिन लागेको महर्जनले बताउनुभयो ।

महानगरपालिकाले २९ वटै वडाहरुमा खोप केन्द्र राखेर सकेसम्म कम भिडभाड हुने गरी खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।


३ जेठ २०७८, सोमवार १२:५९ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad