Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

सानिमा लाइफ इन्स्योरेन्सले आइपीओ ल्याउन जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा

civilbank long ad

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारण सभा जेठ २३ गते बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कोरोना संक्रमणको कारण सभा भर्चुअल माध्यमबाट गरिने कम्पनीले जनाएको छ । सभामा आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गरिने एजेन्डा छ । सो सम्बन्धि कार्य गर्नका लागी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सभामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सानिमा लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ । यस आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।

यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

सानिमा लाइफ इन्स्योरेन्सले हालसम्म पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन । कम्पनीले बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ ।

हाल  सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।


३ जेठ २०७८, सोमवार १०:०५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad