Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या सरकारले अध्यादेश ल्याउने तयारी थाले

civilbank long ad

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ ।

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को हिजो बसेको बैठकमा कानुनी अभाव र अड्चनका कारण कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या आएको कुरा उठेपछि को हो ।

संभवत आजै बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यादेश स्विकृत गरि राष्ट्रपति कार्यालय पठाउने संभावना छ । कोरोना महामारी रोक्न २०२० सालको ऐनले बाधा ल्याएको भएकाले अध्यादेशमार्फत कानुन ल्याउन लागिएको हो ।

सरकारले यसअघि कोरोना संक्रमण नियन्त्रणका लागि ल्याइने औषधिबारे कानुनी व्यवस्था गर्न औषधि ९तेस्रो संशोधन० अध्यादेश, २०७८ ल्याएको थियो ।

यसैबिच, कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ । सिसिएमसीको हिजो बसेको बैठकमा कोभिडलाई प्रभावकारी ढंगले नियन्त्रणकालागि स्वास्थ्य संकटल लगाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जानकारी दिनुभयो ।


३ जेठ २०७८, सोमवार ०७:४५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad