citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सञ्चारमाध्यमको कार्यालयमा बम विष्फोट गराएकामा इजरायलको वैश्विकरुपमा निन्दा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

एजेन्सी । इजरायलले प्यालेष्टाइन नियन्त्रित गाजास्थित सञ्चार माध्यमहरु रहेको भवनमै बम विष्फोट गराई ध्वस्त गराएकामा वैश्विकस्तरमा निन्दा भएको छ । शनिबार दि एसोसिएटेड प्रेस (एपी) र अल–जजीरा रहेको बहुतल्ले भवनमा इजरायलले क्षेप्यास्त्र प्रहार गरी ध्वस्त बनाएको थियो ।

उक्त घटनाको एपी र अल–जजीरा दुबैले निन्दा गर्दै गाजामा पत्रकारलाई काम गर्न नदिने खेल अन्तर्गत यो आक्रमण गरिएको जनाएका छन् । मिडियामाथि सेन्सर गर्न खोजेको आरोप पनि इजरायलमाथि लागेको छ ।

एपीले घटना भयावह र आश्चर्य पार्ने खालको भएको जनाएको छ भने अल–जजीराले पत्रकारलाई काम गर्न नदिने यो सब गरिएको भन्दै जघन्य अपराधको संज्ञा दिएको छ ।

त्यहाँ हमासको कुनै कार्यालय नरहेको र आक्रमण नगर्न इजरायली सेनालाई पटक पटक आग्रह गर्दा पनि नसुनेको एपीले जनाएको छ । १५ वर्षदेखि आफ्नो कार्यालय रहेको उक्त भवनमा हमासको अड्डा रहेको प्रमाण दिन इजरायली सेनालाई भनेको पनि उसले उल्लेख गरेको छ ।

आफ्ना १२ पत्रकार कार्यालयमा काम गरिरहेकै बेलामा आक्रमण गर्न लागिएको सूचना पाएपछि बल्ल बल्ल उनीहरुले भागेर ज्यान जोगाएको पनि एपीले जनाएको छ । पत्रकार निस्केलगत्तै १२ तल्ले उक्त भवनमा तीन क्षेप्यास्त्र प्रहार गरेर ध्वस्त बनाइएको थियो ।

आफूले बारम्बार गरिरहेको युद्ध अपराधबारे विश्व जगतले थाहा नपाउन् भन्ने इजरायलले सञ्चारमाध्यममाथि सेन्सर लगाउन खोजेको ए्पीको भनाइ छ ।

इजरायलबाट भएको यस बर्बर घटनाको निन्दा गर्न अल–जजीराले अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेको छ । यस आक्रमणका लागि इजरायलमाथि कार्वाही गरिनुपर्ने माग उसले गरेको छ ।

गाजाको जनताको पीडा र उनीहरुमाथि गरिएको अत्याचार बाँकी विश्वले थाहा नपाउन् भन्न मिडियामाथि आक्रमण गरिएको तर्क अलजजीराको छ ।

 

himalayan life insurance
igi long