Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन

civilbank long ad

काठमाडौं । वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो ।

गएको १६ गते देहरादुनबाट काठमाडौं आउनु भएका उहाँलाई ज्वरो आएपछि अस्पतालमा भर्ना गरिए पनि कोरोना भाइरसबाट पनि संक्रमित भएपछि एक हप्तादेखि उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।

चलचित्रको लेखन तथा निर्देशन सहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो ।

स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विसं १९९५ साल कात्तिक २२ गते जन्मिनु भएका कार्कीको तिजको रहर आयो बरिलै, बुझ्नै सकिनौं तिमीले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बैनीको दया छ भनेसहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीत लोकप्रिय छन् ।

गीत नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधान लगायतका गायक गायिकाले गाएका उहाँको गीत निकै चर्चित रहेका छन् ।

विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गर्नु भएका उहाँका श्रीमती र दुई छोरा छन् ।


२ जेठ २०७८, आइतवार १२:२४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad