Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

स्वाभिमान लघुवित्तको बोनस शेयर शेयरधनीको खातामा जम्मा

civilbank long ad

काठमाडौं । स्वाभिमान लघुवित्तले बोनस शेयर शेयरधनीको खातामा जम्मा गराएको छ। लघुवित्तले २० प्रतिशत बोनस शेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले गत माघ २९ गतेसम्म शेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा जम्मा गराउको जनाएको छ ।  त्यस्तै हालसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपश्चात् मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।

लघुवित्तकोे गत फागुन १३ गते सम्पन्न सभाले गत आ।वको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर तिर्न १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


२ जेठ २०७८, आइतवार ११:४४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad