‘एचवान बी’ भिसाका लागि अमेरिकामा बसोबास गरेकाले मात्र आवेदन गर्न पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६
काठमाडौ, फागुन २० गते । बिभिन्न सञ्चार माध्यममा नेपाली कामदारका लागि अमेरिकामा जान आबेदन माग भएको भनने समाचारहरु आए पनि सो सुविधा अमेरिकामा बसोबास गरी रहेकाहरुका लागि मात्र भएको स्पष्ट पारिएको छ ।
यस अघि सो सुविधा विश्वको जुनसुकै कुनाबाट अनलाइन मार्फत भर्न सकिने भन्ने आसयको समाचार आए पनि त्यस किसिमले कानुनी परिवर्तन नभएको नेपाल स्थित अमेरिकी दूताबासले स्पष्ट पारेको छ । दूताबासले ‘एचवान बी’ भिसा बारे अमेरिकी कानुनमा कुनै पनि परिवर्तन नभएको बताएको छ । सो प्रावधान अनुसार अमेरिकामा रहेको व्यक्तिले वकिल मार्फत अवेदन गर्न सक्ने छन् ।

IME Lifesidebar
kumari