macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

मौद्रिक नीतिको समिक्षामा हाम्रा माग सम्बोधन भएननः सिएनआई

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

 

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल उद्योग परिसंघ असन्तुष्टि व्यक्त गरेको छ । अर्थतन्त्रमा देखिएका केहि समसामयिक विषयहरु सुधार गर्ने प्रयास गरेता पनि उद्योगीहरुले उठाउदै आएका विषयहरुको सम्बोधन हुन नसकेको आरोप लगाएको छ । यस समिक्षामा राष्ट्र बैंकले तरलता व्यवस्थापन, ऋण तथा कर्जा प्रवाहमा भएको संकुचनलाई समाधान गर्न प्रयाप्त पहल कदमी नलिएको परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समिक्षामा कोरोना भाईरसको संक्रमणबाट असर पर्न सक्ने क्षेत्रहरुको पहिचान गरि त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकिकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकनलाई स्वागत योग्य भन्दै समार्थन गरेको छ । नेपाल सरकारले राष्ट्रिय महत्वका कार्यक्रमहरु नै स्थगन गरिसकेको अवस्थामा अर्थतन्त्रलाई सन्तुलनमा राख्न फराकिलो दायरा सहितको राहत कार्यक्रम आवश्यक पर्ने देखिन्छ ।

परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यस समिक्षा मार्फत रु २ करोडसम्मको कृषि, पर्यटन, साना तथा मझौला पेशा÷व्यवसायका लागि प्रवाह हुने कर्जामा खुकुलो गरिएको प्रावधानले त्यस क्षेत्रमा केहि सहजता ल्याउने देखिन्छ ।

यस्तै नेपाल आत्म निर्भर हुदै गएका कृषि लगायत विभिन्न उद्योगहरुको उत्पादन वृद्धि तथा वस्तु वितरण प्रणालीको सुधारका लागि राष्ट्र बैंकले यस अर्धवार्षिक समिक्षा मार्फत कर्जा विस्तारमा महत्वपूर्ण कदम चाल्ने अपेक्षा गरिएको गरेकोमा उक्त सम्बोधन नभएको गुनासो गरेको छ ।

२० फागुन २०७६, मंगलवार २१:१९ बजे प्रकाशित

NTA long ad