citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ई–सेवाद्वारा विजेता घोषणा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका विजेता सार्वजनिक गरेको छ । यस उपहार योजनामा बम्पर उपहारमा मकवानपुरका लेखनाथ पौडेलले यमाहाको एफजेड एसएफ आइभिथ्रि मोटरसाइकल जित्न सफल भएका छन् । यसैगरी अर्को बम्पर उपहारमा काठमाडांै रामकोटका किरण घलेले एक साताको लागि एक जोडिलाई दुवई ट्रिप जित्न सफल भएका छन् । सोमबार बम्पर उपहार विजेता सार्वजनिक गरिएको हो । ईसेवाको यस उपहार योजनामा तीन सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जित्न सफल भएका छन् । ६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जना व्यक्तिले विभिन्न उपहार जित्दै आएका थिए । यस उपहार योजनामा केफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जित्न सफल भए ।

himalayan life insurance
igi long