stcnepal long ad
ime life insurance
national life
global ime bank long

दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न पाइँदैनः मन्त्री खतिवडा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन

काठमाडौं । अर्थमन्त्री समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानूनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

मन्त्री खतिवडाले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखा परेको पनि बताए । मन्त्री खतिवडाले दुरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडिने गरेको र कुनै बेला टेलिफोनको तोक लगाउन आफु मन्त्रीकोमा पुगेको स्मरण गर्दै त्यो युगको अन्त्य गर्नुपर्ने बताए ।

उनले राज्यलाई फाइदा नहुनेगरी मुख हेरेर, दवाव हेरेर काम गरे नियामक निकायको भूमिकामा प्रश्न उठने समेत बताए । मन्त्री खतिवडाले अवको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने बताए । क्रिप्टो करेन्सी, क्राउडसोर्सिङ, इकमर्सका क्षेत्रमा डेटा महत्वपूर्ण हुने भएकाले डेटाको सेवा वृद्धि गर्न र गुणस्तरिय बनाउन ध्यान दिन आग्रह गरे ।

उनले प्राधिकरणको व्यवसायीक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने बताए । जवाफेही बिनाको स्वायत्तता अराजकता हुने भन्दै त्यसमा सचेत भएर कम गर्न उनले निर्देशन समेत दिए ।

IME Lifesidebar
kumari