stcnepal long ad
global ime bank long

अर्थमन्त्री खतिवडा सहित १९ जना राष्ट्रिय सभाका सांसदको पदावधि आज सकिँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ जनाको राष्ट्रिय सभा सांसदको पद मंगलरबारबाट सकिँदैछ । दुई वर्षे कार्यकाल भएका राष्ट्रिय सभाका सांसदहरुलाई मंगलबार संसदबाट बिदा गरिँदैछ।

अर्थमन्त्री खतिवडा अबदेखि सांसद नभइ मन्त्री मात्रै रहने छन् । सांसद नहुँदा पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ।

पदावधि सकिनेमा प्रदेश १ बाट सरिता प्रसाईं, हरिशरण शिवाकोटी, प्रदेश २ बाट रमेशप्रसाद यादव, मुक्ताकुमारी यादव, प्रदेश ३ बाट बलरामप्रसाद बाँस्कोटा, धनकुमारी खतिवडा, गण्डकी प्रदेशबाट सुरेन्द्रराज पाण्डे, बिन्दादेवी आले, प्रदेश ५ बाट मीना बुढा, दुर्गाप्रसाद उपाध्याय, कर्णाली प्रदेशबाट युटोल तामाङ, कालीबहादुर मल्ल, सुदूरपश्चिम प्रदेशबाट बद्रीप्रसाद पाण्डे, कमलाकुमारी ओली रहेका छन्।

त्यस्तै, खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर, वृषेशचन्द्रलालको पनि पदावधि सकिँदैछ। पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नु पर्ने नियमअनुसार उनीहरुको ठाउँमा नयाँ सांसद निर्वाचित भइसकेका छन्।

राष्ट्रियसभाको बैठक दुई बजे बस्दैछ। त्यस अघि आज बिदा हुने सांसदहरुको सामूहिक तस्बिर खिच्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। नयाँ निर्वाचित सांसदहरुको भने बुधबार ११ बजे सपथग्रहण हुने भएको छ।

IME Lifesidebar
kumari