citizens life insurance long ad
stcnepal long ad
national life

राष्ट्रिय वाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै

Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये १५ लाख कित्ता परिपत्र विधिबाट र १० लाख कित्ता सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्रीका गर्ने बैंकले जनाएको छ । ६ वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.२० प्रतिशत हुने र ६/६ महिनामा व्याज भुक्तानी हुनेछ ।

धितोपत्र निष्काष्न तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंककोे तर्फबाट प्रमुख कार्याकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनआईबिएल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरे ।

बैंकले उक्त ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले चुक्ता पँुंजीको कम्तीमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ ।

himalayan life insurance
igi long