citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल–बङ्गलादेश वाणिज्य वार्ता ढाकामा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं । नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय संयन्त्रको पाँचौँ बैठक भोलिदेखि ढाकामा हुँदैछ । बैठकमा भाग लिन वाणिज्य सचिव बैकुण्ठ अर्याल नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको छ ।

दुईदिनसम्म हुने उक्त बैठकमा नेपाल–बङ्गलादेश वाणिज्य, व्यापार, लगानीलगायत पारस्परिक व्यापार प्रवर्द्धनका सबै पक्षमा विचार विमर्श हुनेछ । बैठकमा द्विपक्षीय लगानी संरक्षण तथा प्रवर्द्धन सम्झौता (बिप्पा) गर्ने बारेको प्रारम्भिक छलफलसमेत हुने बताइएको छ । बङ्गलादेशले नेपालसँग बिप्पा गर्न अभिमत व्यक्त गर्दै आएको छ ।

बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकाल, भन्सार विभाागका महानिर्देशक सुमन दाहाल, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक मदिना जोशी, साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलगायत छन् ।

himalayan life insurance
igi long