stcnepal long ad
global ime bank long

काठमाडौमा एक हजार वेड थपिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले सोमबारसम्ममा काठमाडौंमा कोभिड–१९ उपचारका लागि थप १ हजार वेड थप गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भिडियो सन्देश जारी गर्दै सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउदै निजी र सरकारी अस्पतालमा गरि १ हजार वेड थप गर्न लागिएको जानकारी दिएका छन।

मन्त्री त्रिपाठीले कोभिड उपचारका लागि आवश्यक पर्ने औषधीसहरु दुई–तीन दिनमै ल्याइने जानकारी दिएका छन । भारतमा संकट गहिरिँदा अक्सिजन आपूर्तिमा समस्या भएपनि आतंकित हुनपर्ने अवस्था नरहेको उनले बताएका छन।

‘सबै जिम्मा सरकारले लिएको छ । सरकार प्रतिबद्धता पुरा गर्न कटिबद्ध छ’ मन्त्री त्रिपाठीले भने ‘बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छाडेको छैन । जिम्मेवारीका साथ सरकार कर्तव्यपालनमा अघि बढेको छ ।’

भ्याक्सिन र अक्सिजन जोहो गर्न सरकार दत्तचित्त भएर लागेको जानकारी दिँदै मन्त्री त्रिपाठीले व्यवस्थापनमा भएको त्रुटिको नैतिक जिम्मेवारी मन्त्रीको हिसाबले आफूले लिने बताएका छन । संक्रमणको दरलाई घटाउन निषेधाज्ञा महत्वपूर्ण रहेको बताउँदै उनले यसमा सहयोग गर्न आग्रह गरेका छन ।

IME Lifesidebar
kumari