evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

नेपाल-तान्जानिया व्यापार लगानी प्रवद्र्धनमा जोड

Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं । नेपाल र तान्जानियाबीच व्यापार लगानी प्रवद्र्धनमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष राजेश काजी श्रेष्ठ र नेपालका लागि तान्जानियाका राजदूत लुभान्डाबीच सोमबार भएको छलफलमा सो कुरामा जोड दिइएको हो ।

यस भेटघाटमा नेपाल चेम्बर अफ कमर्स का अध्यक्ष श्रेष्ठले नेपाल र तान्जानिया भौगोलिक रुपले टाढा भएपनि व्यापारको माध्मबाट निकट राख्न सकिने बताए । उनले विभिन्न व्यापार मेलामा द्विपक्षीयको सहभागिता व्यापार प्रतिनिधि मण्डलको भ्रमण र हवाई सम्पर्कले दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई सुदृत बनाउने जानकारी दिए ।

त्यस्तै, नेपाल र तान्जानिया दुवै कृषिजन्य पर्यटकीय मुलुक भएकोले तान्जानियाका राजदूतले तान्जानियाको आर्थिक संभाव्यता बारे बताए । उनले तान्जानिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीजसँग द्विपक्षीय व्यापार लगानी प्रवद्र्धन गर्न समझदारी पत्र कायम गर्न सुझाव दिए । अहिले तान्जानियाले भारतको मुम्बईबीच प्रत्यक्ष हवाई सम्पर्क कायम भएकोले तान्जानिया र नेपालबीच व्यापार गर्न संभव रहेको र तान्जानिया वन्यजन्तु आरक्षण स्थल रहेको जानकारी दिए ।

नेपाल र तान्जानिया बीच सन् १९७५ को जनवरीमा कूटनीतिक सम्बन्ध कायम भएको हो । त्यस यता नै बहुपक्षीय फोरमहरूमा नेपाल र तान्जानियाले एकअर्कालाई सहयोग गर्दै आइरहेको छ । नेपाल जस्तै तान्जानिया पनि असंलग्न आन्दोलनको सदस्य राष्ट्रमा पर्छ । नेपाल र तान्जानिया संयुक्त राष्ट्रसंघको सशक्त सदस्य हो ।

igi long
himalayan life insurance long ad