stcnepal long ad
global ime bank long

मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोहका १० जना पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

झापा । मृत्यु भईसकेका झापा बिर्तामोडका टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी बस्नेतकै नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका–३ घर भएका ३९ वर्षीय मंगल सिंह राजवंशी, भद्रपुर नगरपालिका–७ ठेगाना भएका ५२ वर्षीय नवीन कोइराला, बाह्रदशी गाउँपालिका–५ ठेगाना भएका ५० वर्षीय लिलाधर राजवंशी, गौरीगंज गाउँपालिका–१ बस्ने भोजपुर तिवारीभञ्ज्याङ्ग–२ घर भएका ३७ वर्षीय बलराम बिश्वकर्मा, झापा शिवसताक्षी नगरपालिका–८ ठेगाना भएका ४२ वर्षीय भुपदेव कटुवाल, अर्जुनधारा नगरपालिका–५ ठेगाना भएका ५३ वर्षीय लेखनाथ खनाल, विर्तामोड नगरपालिका–४ ठेगाना भएका ३४ वर्षीय गोविन्द वान्तवा, कोटीहोम सुरुङ्गा बस्ने बिर्तामोड नगरपालिका–१० ठेगाना भएका ७१ वर्षीय देवी प्रसाद पाण्डे, बिर्तामोड नगरपालिका–४ ठेगाना भएकी ३३ वर्षीया रञ्जु राई र मोरङ उर्लाबारी नगरपालिका–४ ठेगाना भएका ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।

बिर्तामोड नगरपालिका–१ स्थित स्व। टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफल रहेको जग्गालाई ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी मृत्यु भईसकेका टुंग बहादुर बस्नेतको नक्कली नागरिकता बनाई २०७७ असोज २८ गते जिल्ला अदालत काठमाडौंबाट झापा बिर्तामोड नगरपालिका–२ बस्ने चैतुवारी बाह्रदशी गाउँपालिका–३ घर भएका मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएका थिए ।

उक्त वारेशनामा मार्फत बिर्तामोड नगरपालिका–४ बस्ने रञ्जु राईको नाममा २०७७ माघ २१ गते राजिनामा पास गरेको घटनाको बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परे पश्चात १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।  साथै सोही घटनामा संलग्न हाल फरार अन्य ६ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
उनीहरु उपर ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

IME Lifesidebar
kumari