stcnepal long ad
global ime bank long

सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं  । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘ रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न सात अनलाईन सञ्चार माध्यमलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।

बिहिबारदेखि विना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ हवला दिँदै सञ्चार माध्यमको जिम्मेवारी बोध समेतको ख्याल नगरी तथ्यहिन पुष्टि नभएका सामग्री सम्प्रेषण गरेको भन्दै उज्यालो नेटवर्क डटकम, सुर्दशन खबर डटकम, पर्दाफास डटकम, समाचार दैनिक डटकम, नेपाली गाथा डटकम, पल खबर डटकम र कान्तिपथ डटकमलाई स्पष्टीकरण माग गरिएको हो ।

त्यसैगरी काउन्सिलले सूचीकरण नभएका सन्देश प्रवाह डटकम र न्यूज ८८ पोष्ट डटकमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार समेत गरेको छ ।

“काउन्सिल पत्रकारिताको मूल्य–मान्यता, सैवेदनशीलताको ख्याल गरी जवाफदेहीपूर्ण ढंगबाट सत्यको अन्वेशण, तथ्यको सम्प्रेषणको मार्गअनुरुप सामग्री सम्प्रेषण गर्न/गराउन र पत्रकार आचार संहिताको पूर्णपालनामा प्रतिबद्ध रहन आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदछ”, काउन्सिलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

IME Lifesidebar
kumari