stcnepal long ad
global ime bank long

राष्ट्रपतिले ४ सय ५० जनालाई मानपदवीले विभूषित गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको सिफारिसमा ४ सय ५० जनालाई विभिन्न पदकले विभूषित गर्नुहुने भएको छ ।

२०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा सुशोभन गर्ने कार्यक्रम रहेकोमा कार्यक्रम स्थगित भएपछि शुक्रबार सुशोभन समारोह आयोजना गरिएको हो ।

सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षमा गृहमन्त्री रामबहादुर थापा, प्रा.डा.मीना वैद्य मल्ल, प्रा.डा. ईन्द्रजित राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव, उपरथी विनोद कुमार श्रेष्ठ र गृह सचिव महेश्वर न्यौपाने सदस्य रहेको विभूषण समितिको बैठकले विभूषित हुने व्यक्तिहरुको नाम तय गरेको हो ।

विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई मानपदवीबाट विभूषित गरिँदै आएको छ । तर, पछिल्लो समय मानपदवी वितरणमा व्यक्तिगत स्वार्थ र राजनीति हाबी भएको भन्दै कतिपय व्यक्तिले मानपदवी बहिस्कार गर्दै आएका छन् ।

यसअघि विभूषणका लागि छनोट गरिएका निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, पूर्वराजदूत ज्ञानचन्द्र आचार्य र वरिष्ठ अधिवक्ता शम्भु थापा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले प्राप्त मानपदवी लिएका छैनन् ।

यस्तै, गायक पशुपति शर्मा, लेखक झलक सुवेदी, पत्रकार शिव गाउँले, क्रिकेटर पारस खड्का, सन्दीप लामिछाने लगायतले पनि मानपदवी लिएका छैनन् । उनीहरूका मानपदवी गृह मन्त्रालयमा थन्किएको छ ।

IME Lifesidebar
kumari