stcnepal long ad
ime life insurance
national life
global ime bank long

चन्द्रागिरि केवलकार चढ्न ७० वर्ष नाघेकालाई निःशुल्क

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । ७० वर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई चन्द्रागिरि केवलकार चढ्न पैसा नलाग्ने भएको छ । चन्द्रागिरि हिल्सले ज्येष्ठ नागरिकहरुको सम्मानका लागि केवलकार सेवा निःशुल्क दिने व्यवस्था गरेको हो ।

बच्चा देखि वृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरुको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको हो ।

यो योजना अन्तर्गतका सेवा लिन पर्यटकहरुले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्ने छ ।

आफ्नो जन्मदिनको अवसरमा चन्द्रगिरि केवलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई निःशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यस अघि नै गरिसकेको छ ।

यसका अतिरिक्त तीन फिटसम्म उचाईं भएका बालबालिकाहरूलाई पूर्णत निःशुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापनासँगै गरिँदै आइएको छ ।

साथै, केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीहरुलाई पच्चीस प्रतिशत र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई पचास प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

IME Lifesidebar
kumari